काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको हो । बंगलादेशको ढाकाबाट काठमाडौं आएको यूएस बंगलाको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
विमानमा लागेको आगो नियन्त्रणमा आएको छ भने उद्दार कार्य जारी रहेको छ । १४ जनालाई उद्दार गरि अस्पताल पठाइएको छ । विमानमा चालक दलका ४ जना सदस्यसहित ६७ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया