तनावका बीच अर्मेनियाले खसाल्यो अजरबैजानको एक हेलिकप्टर !

विवादित भूभाग नागोर्नो-कारबखको विषयमा तनाव बढ्दै गएपछि अर्मेनियाले अजरबैजानको एक सैन्य हेलिकोप्टर खसालेको छ ।

अर्मेनियाले अजरबैजानले हवाई र सैन्य आक्रमण शुरु गरेपछि त्यसको प्रतिकार गरेको बताएको छ । त्यसैगरी अर्मेनियाले मार्सल कानुनको घोषणा गर्दै पूर्ण सैन्य परिचालन गरेको छ ।

अजरबैजानले अर्मेनियाले आक्रमण सुरु गरेपछि त्यसको प्रतिकार गरिरहेको बताएको छ । दुबैतर्फका सर्वसाधारणकोसमेत मृत्यु भएको बीबीसीले जनाएको छ ।

लामो समयदेखिको दुई मुलुकबीचको विवाद पछिल्लो समय थप बढ्दै गएको हो ।

रुसी विदेश मन्त्रालयले दुबै मुलुकलाई तत्काल युद्ध विराम गरेर वार्तमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

सन् १९९१ अघि दुबै अर्मेनिया र अजरबैजान दुबै सोभियत युनियनका हिस्सा थिए । चार दशकदेखि दुबै मुलुकबीच नागोर्नो(काराबख क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको क्षेत्र भन्दै पहिचान गरिएको थियो । तर, उक्त क्षेत्रमा अर्मेनियाले आफ्नो नियन्त्रण कायम राखेको थियो ।

यसअघि जुलाईमा भएको हिंसात्मक झडपमा १६ जनाको मृत्यु भएको थियो ।

दुबै देशले के भने ?

अर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानका दुई हेलिकोप्टर, तीन ड्रोन र तीन ट्यांकलाई ध्वस्त पारेको दाबी गरेको छ । यसको सम्पूर्ण जिम्मेवारी अजरबैजानले लिनुपर्ने अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।

यद्पि अजरबैजानले भने अर्मेनियाले आक्रमण सुरु गरेपछि काउन्टर(अट्याक गरेको बताएको छ । अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियाले गरेको आक्रमणमा थुप्रै सर्वसाधारणको मृत्यु भएको छ भने धेरै संरचनाहरु ध्वस्त भएको बताएको छ ।

त्यसैगरी आफ्नो एक हेलिकोप्टर पनि बेपत्ता भएको अजरबैजानले जनाएको छ । १२ अर्मेनियाका रक्षा प्रणाली ध्वस्त पारिदिएको अजरबैजानले दाबी गरेको छ ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?