नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित र मृतक ? पछिल्लो समग्र विवरणसहित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षिय पुरुष, रुपन्देहीमा ७२ वर्षिय पुरुष, बर्दियामा ६३ र ५० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

आज नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

आज ८ सय ८५ जना डिस्चार्ज भएका छन । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना संक्रमित उपचाररत रहेका छन ।

काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनासहित देशभर ५२४ महिला र १ हजार ४९ जना पुरुष संक्रमित थपिएका छन् ।

यस्तै बितेको २४ घण्टामा थप ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ६९८ जना र संस्थागत आईसोलेसनमा ८ हजार ३२१ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार २८१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (शनिवार) नेपालमा १ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १४७ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

कुन जिल्लामा कति थपिए मृतक ?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?