नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५३ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ रहेको छ ।
कुल संक्रमित मध्ये ७३.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ४८६४ जना

प्रदेश २ मा १३०४७ जना

वाग्मती प्रदेश १५२०३ जना

गण्डकी प्रदेशमा ३०९३ जना

प्रदेश ५ मा ८३७१ जना

कर्णाली प्रदेशमा २८४० जना

सुदूरपश्चिम प्रदेशमा ६४८० जना

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १२३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ६९८ जना र संस्थागत आईसोलेसनमा ८ हजार ३२१ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार २८१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४७७ जनाको मृत्यु भएको छ ।

हिजो (शनिवार) नेपालमा १ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १४७ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?