आइतवारको शेयर बजार ४.२९ अंकले उकालो लाग्दा सोल्टी होटलको झन्डै आधा अर्बको कारोबार

काठमाडौं । आइतवार शेयर बजार परिसुचक नेप्से ४.२९ अंकले उकालो लागेको छ ।

आइतवारको शेयर बजार १५ सय ६५ दशमलव ५६ अंकको बिन्दुमा कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सीटिभ परिसुचक ०.२९ अंकले वृद्धि भई ३१०.४८ अंकको विन्दुमा बजार बन्द भएको छ । आइतवार १९१ वटा कम्पनीको ४२ हजार ७२ पटकको कारोबारमा १ करोड ९९ लाख ५६ हजार ३ सय ७२ कित्ता शेयर खरिद विक्रिहुँदा ३ अर्ब १३ करोड ३० लाख २६ हजार ९ सय ८७ रुपैया ८८ पैसा बराबरको कारोबार भएको छ ।

आइतबार ०.२७ प्रतिशतले बढेको बजारमा ९ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् । शेयर बजार ४ अंक भन्दा धेरैले उकालो लाग्दा उप समुहहरु भने मिश्रित देखिएका छन् । कारोबारमा आएका १२ उप समुहमध्ये ५ उपसमुहमा वृद्धि देखिएको छ भने बाँकि ७ उप समुहमा गिरावट देखिएको छ । आइतबार होटल समुहको पसिुचकमा सार्वधिक वृद्धि देखियो भने जीवन बीमा समुहमा सार्वधिक गिरावट, आइतबार सोल्टी होटलको झन्डै आधा अर्ब बराबरको कारोबार हुदाँ समग्र होटल समुहको परिसुचक ५१.७१ अंकले उकालो लागेको छ । त्यस्तै जिवन बिमा समुहको परिसुचक सार्वधिक ८३.५९ अंकले ओरालो लागेको छ । आइतबार सोल्टी होटल लिमिटेडको ४८ करोड भन्दा धेरैको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीको हरेक कारोबार ब्रोकर मार्फत गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार बल्क ट्रेडिङ्ग विन्डो मार्फत सोल्टी होटलको कारोबार भएको हो ।

यस अनुसार नेप्सेको कारोबार विनियमावलीले गरेको व्यवस्था अनुसार पाँच करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गराउँदा बल्क ट्रेडिङ्ग विन्डो मार्फत कारोबार गराउन सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार सोल्टी होटलको कारोबार भएको हो । आइतबारको कारोबारमा बेस्ट फाइनेन्स कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतले सार्वधिक कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सार्वधिक ७.११ प्रतिशत अर्थात १३ सय ७९ रुपैयाले गुमाएका छन् । आइतबार कारोबारमा आएका १ सय ९१ कम्पनी मध्य ८० कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ भने ८१ कम्पनीको शेयरमुल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयर मुल्य भने स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?