मन्त्रिपरिषद् बैठक सकियो, के के भयो निर्णय ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरँहदा आजको बैठकमा उक्त विषयमा छलफल हुने भनिएको थियो । तर यस विषयमा आज कुनै पनि छलफल नभएको स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?