काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी घाइते बनाउने श्रीमति पक्राउ परेकी छिन् ।
आफ्नै श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बाफिकोट गाउँपालिका-९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइतेलाई उपचरको लागि जिल्ला अस्पताल पठाइएकोमा मेडिकल कलेज कोहलपुर रिफर भएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया