वासिंगटन, २८ फागुन । सैन्य शक्तिका हिसाबले पुनः अमेरिका विश्वको पहिलो नम्बरमा कायम रहन सफल भएको छ । युद्ध हतियार र सशस्त्र बलको आधारमा अमेरिका विश्वको पहिलो सैन्य शक्तिका रुपमा रहेको छ भने रुस दोस्रो, चीन तेस्रो र भारत चौथो नम्बरमा रहेको देखिएको छ ।नेटोका सदस्य समेत रहेका युरोपेली राष्ट्रहरु फ्रान्स र बेलायत भारतभन्दा पनि पछि रहेका छन् ।विश्वका आधुनिक सैन्य बल र फौजी शक्तिको विश्लेषण गर्ने शोध संस्था ‘ग्लोबल फायर पावर’ ले सन् २०१७ को सैन्य शक्तिको हिसाबबाट १ सय ३३ देशको सूची जारी गरेको छ । जसमा अमेरिका पहिलो नम्बरमा रहेको छ । फौजका लागि पारम्पारिक युद्ध हतियार तथा उपकरणको मात्रै विश्लेषण गरिएको र यस्ता हतियारमा परमाणु हतियारलाई सामेल नगरिएको सो संस्थाले जनाएको छ ।सो सूची अनुसार दक्षिण एसियाको अर्को शक्ति राष्ट्र पाकिस्तान १३ औं सैन्य शक्तिका रुपमा उभिएको छ । रक्षा बलमा पाकिस्तानले पछिल्ला केही वर्षको तुलानामा सन् २०१७ मा व्यापक सुधार गर्दै शीर्ष १५ सैन्य शक्ति राष्ट्रभित्र आफूलाई अटाउन सफल भएको हो ।अमेरिकाको रक्षा बजेट ५ सय ८७ अरब डलर रहेको थियो भने चीनको १ सय ६१ अरब डलर रहेको थियो । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख र रिजर्भ सैनिकको संख्यान १४ लाख रहेको छ । यस्तै चीनसँग तीन हजार लडाकू विमान र साढे ६ हजार ट्यांक रहेको सो संस्थाले उल्लेख गरेको छ । यसवर्ष मात्रै रक्षा बजेटमा ८ प्रतिशत वृद्धि गरेको चीन सैन्य शक्तिमा अमेरिका र रुसभन्दा पछि तेस्रो स्थानमा रहेको छ । यद्यपि चीन सैन्य शक्तिका क्षेत्रमा समेत तिव्र रुपमा माथि गइरहेको छ । भारतको भन्दा चीनको सैन्य बजेट तीन गुणाभन्दा बढी रहेको छ । भारतको रक्षा बजेट ५१ अरब डलर रहेको छ भने चीनको १ सय ७५ अरब डलर रहेको छ ।ग्लोबल फायर पावरका अनुसार अमेरिकासँग १३ हजारभन्दा बढी जहाज रहेको छन् । जसमा लडाकू, परिवहन र हेलिकप्टर समेत सामेल छन् । चीनसँग करिब तीन हजार लडाकू जहाज रहेका छन् ।भारतसँग लडाकू जहाजको संख्या २ हजारभन्दा बढी रहेको छ । सक्रिय सैनिकको संख्या १३ लाखभन्दा बढी रहेको छ । यसका अलावा २८ लाख रिजर्भ फोर्स रहेको छ । भारतसँग करिब ४ हजार ४ सय ट्यांक, तीन युद्धपोत रहेको बताइएको छ ।यो सूचीअनुसार पाकिस्तान १३ औं सैन्य शक्ति राष्ट्र हो । देशको रक्षा बजेट ७ अरब डलर रहेको छ भने सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार र ३ लाख रिजर्भ सैनिक शक्ति रहेको छ । पाकिस्तानसँग १ हजार लडाकू विमान र तीन हजारको हाराहारीमा ट्यांक रहेका छन् । पाकिस्तानसँग युद्धपोत नरहेपनि समुद्री जहाज २ सय वटा रहेका छन् ।यो सूचीअनुसार करिब ८१ लाख जनसंख्या रहेको इजरायल नवौं नम्भरमा रहेको छ । इजरायलसँग ६ सय ५० लडाकू विमान र २ हजार ५ सयभन्दा बढी ट्यांक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया