देशैभर कोरोना संक्रमित प्रहरीको संख्या ४ हजार १ सय नाघ्यो

काठमाडौं । नेपालमा देशैभर हालसम्म ४ हजार १ सय ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालको अवस्थामा १८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् भने २२ सय ३४ जना प्रहरी डिस्चार्ज भएका प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले लोकपथलाई बताए ।

प्रवक्ता कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यस्तै, काठमाडौं उपत्यकामा ६९२ जना सक्रिय संक्रमित प्रहरी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?