यी ५ नेपाली गीत : जसले दशैँ आएको आभाष दिलाउँछ

काठमाण्डौं । नेपालीहरुको महान पर्व दशैं विशेष गीतहरु प्रर्याप्त मात्रामा नेपाली सांगीतिक बजारमा छैनन् भन्दा खासै फरक पर्दैन। त्यसमा पनि नयाँ गीतहरुको प्रस्तुतिमा श्रष्टाहरुले कन्जुस्याँइ गरेको जस्तो आम दर्शक स्रोताको बुझाई छ । तर हरेक वर्ष दशैंमा केहि पुराना गीतसंगीतले आफ्नो चर्चालाई निरन्तरता दिन्छन् । तीनै गीसंगीतको बारेमा केहि चर्चा गरिएको छ ।

१. दशैं आयो
चलचित्र मुग्लानमा समाहित गीत दशैं आयोको चर्चा हरेक वर्ष हुने गर्दछ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतमा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाइँ लगायतको आवाज रहेको छ । यो गीतलाई गीतका रचनाकार सापकोटाले मुग्लान चलचित्र भन्दा पहिले नै पनि रेकर्ड गराएर पश्चिम नेपालका केहि रेडियोमा प्रस्तुतिका लागि दिएको बताउनुभएको छ ।

२. रातो टीका निधारमा
चलचित्र अल्लारेमा समावेश गीतलाई लिएर अहिले चलचित्र नै निर्माण भएको छ । अल्लारेमा समाबेश गीतमा उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर रहेको थियो । तर अहिले नयाँ चलचित्र रातो टीका निधारमा प्रमोद खरेल र मेलिना राईले त्यसलाई पुन गाएका छन् । गीतमा सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँस्कोटाको संगति रहेको छ ।

३. दशैं तिहार
गायक सुगम पोख्रेलको गीत दशैं तिहार पनि हरेक दशैंमा अत्याधिक गुञ्जीने गीतमध्येको एक हो । यो गीतमा रवि श्रेष्ठको शब्द तथा गायक पोख्रेलकै संगीत रहेको छ । यो गीतले दशैं र तिहार दुवैलाई झल्काउछ ।

४. दशैं नै हो कि
गायक योगेश्वर अमात्यको स्वर रहेको गीत दशैं नै हो कि यो मरो दशा बोलको गीतले पनि रहेक वर्षको दशैंमा सञ्चार माध्यम देखी विभिन्न कार्यक्रममा समेत स्थान पाउने गरेको छ । पप रक शैलीको गीत बालबच्चा देखी बुढापाकासम्मले यो गीतलाई रुचाएको पाईन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दहरुले उनीहरुलाई तानेको हुनसक्छ ।

५ ए.पि.एफ. दशैं
सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दशैंमा अत्याधिक गुञ्जीने गीतहरुको सूचीमा पर्दछ । गीतमा दीपक कोईरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको छ । एपिएफले निर्माण गरेको यो गी राष्ट्र सेवक कर्मचारीहरुप्रति पूर्णरुपमा समर्पित छ ।

६. ए.पि.एफ. दशैं (धानकै बाला)

सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दशैंमा अत्याधिक गुञ्जीने गीतहरुको सूचीमा पर्दछ । बहु चर्चित गीत धानकौ बाला झुलाउँला गीतलाई भने जयनन्द लामाले गाउँनु भएको हो । गीतमा लामाकै शब्द तथा संगीत रहेको छ । गायकीमा लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपिएफले यहि गीतको भाकालाई दशैँ बिशेष शब्दहरुको मिश्रण गरेर केहि परिमार्जन सहित प्रस्तुत गरेको हो । यो गी पनि हरेक दशैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होईन तीनका परिवारहरुले पनि यो गीतलाई सम्झने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?