जनरल इन्सोरेन्सको आइपिओ आजबाट खुल्यो, कति दिने आवेदन ?

काठमाडौं । जनरल इन्सोरेन्स कम्पनी नेपाल लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागी आइपिओ खुल्ला गरेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ जारी गरेको छ जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कम्पनीको कर्मचारीका लागी छुट्याइएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता भने म्युचल फन्डका लागी छुट्याईएको छ ।

बाँकी २७ लाख ३० हजार कित्ता भने आमसर्वसाधारणका लागी असोज ११ गते देखि १४ गते सम्मका लागी खुलाइएको हो । असोज १४ सम्म पूर्ण रुपमा आवेदन नआएको अवस्थामा भने असोज २५ गते सम्मका लागी लम्बाइने कम्पनीको योजना छ ।

जनरल इन्सोरेन्स कम्पनीको आईपिओको बिक्रि प्रबन्धक एन आइ बि एल एस क्यापिटल तोकिएको छ । सर्वसाधाराणले जनरल इन्सोरेन्स कम्पनीको आइपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

३० करोडको आइपिओ जारी पश्चात कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्ने छ । जसमध्ये संस्थापक शेयरको हिस्सा ७० प्रतिशत रहने छ भने सर्वसाधारण शेयरको हिस्सा ३० प्रतिशत रहने छ ।

जनरल इन्सोरेन्स कम्पनी नेपाल लिमिटेड २०१८ मा स्थापीत नन लाईफ इन्सोरेन्स कम्पनी हो । कम्पनीले व्यक्ति एंव व्यवसायीहरुलाई निर्जिवन बिमाको सेवा उपलब्ध गराउँदै आएको छ ।

जनरल इन्सोरेन्स कम्पनीलाई केयर रेटिङ एजेन्सी नेपालले ‘केयर एन पि बिबि प्लस’ रेटिङ प्रदान गरेको छ । जसको अर्थ कम्पनीको आधारभुत पक्ष औसत देखिएको छ । कम्पनीको अर्थिक अवस्था हल्का जोखीमयुक्त रहेको देखिन्छ ।

कति आवेदन भर्ने ?

पछिल्लो समयको आइपिओको चलन हेर्ने हो भने रिलायन्स लाइफ इन्सोरेन्सको आइपिओ आवेदक संख्या ५ लाख ८९ हजार ४ सय ६४ रहेको थियो जुन मागको ४.०४ गुणा बढि हो । आइपिओमा १० कित्ता नियम कायमै भएकोले यस पटक पनि सोहि अथवा सो संख्या भन्दा धेरै हुन जाने विश्लेषण गर्न सकिन्छ । माग भन्दा धेरै आवेदन पर्ने चलन रहेको कारण यस पटक पनि गोलापर्थाबाट २ लाख ७३ हजार जनाले मात्र १० कित्ता पाउने छन् । तसर्थ १० कित्ताको अवदेन दिन उचित देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?