काठमाडौं । हालसम्म नेपाली सेनामा कार्यरत २ हजार २ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले दिएको जानकारी अनुसार हालसम्म २ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हालसम्म ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोना रोकथाम र नियन्त्रणको अग्र मोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमणको जोखिम बढि हुने गरेको छ ।
यसैक्रममा कोरोनाको कारण २ सैनिक जवानको मृत्यु समेत भइसकेको छ ।
सेनाले क्वारेन्टाइन, आइसोलसन, संक्रमितको शव व्यवस्थापनलगायतमा सक्रिय सहभागिता जनाउँदै आएकाले कोरोनाको जोखिम बढि हुने गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया