राजस्थानमा हिंसा : फायरिङमा एक जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित डूंगपुरमा शिक्षक भर्ती २०१८ मा टीएसपी क्षेत्रको अनारक्षित ११६७ पद एसटी अभ्यर्थिहरुबाट भर्ती गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।

प्रदर्शनले अब हिंसात्मक बन्दै गएको छ । आज भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको हो ।

प्रदर्शनले हिंसाको रुप लिँदै गएपछि प्रहरीले फायरिङ गरेको थियो जसमा एक जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिले त्यहाँको रोड ब्लक गरेर प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?