बलिउड ड्रग्स कनेक्शन : अभिनेत्री सारा अली खानले खोलिन् रहस्य, लगाइन् सुशान्तमाथि आरोप !

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानले शनिवार भएको एनसीबीसँगको सोधपुछका क्रममा केहि रहस्य खोलेकी छन् ।

उनले आफूले ड्रग्स लिने नगरेको तर सुशान्तसँग बसेर स्मोकिङ भने गरेको बताएकी हुन् । साथै उनले सुशान्तले भने ड्रग्स लिने गरेको बताएकी छन् ।

सारा खानको आरोपमाथि सुशान्तका फ्यान्स तथा साथीहरुले भने रिएक्ट गरेका छन् ।

अहिले सारासहित बलिउडमा दीपिका पादुकोण, श्रद्धा कपूर, दीया मिर्जा, रकुल प्रीत जस्ता कलाकारको नाम जोडिएको छ ।

यसबारेमा थप अध्ययन गर्न एनसीबीले सारा, रकुल र दीपिकाको मोबाइल जफत गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?