सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिवार कोरोना परीक्षण गराउँदा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् “शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।”

सांसद श्रेष्ठले आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?