विश्वविद्यालयका उपकुलपति नियुक्तिको विवाद टुंगिएकै हो त ?

काठमाडौं । विभिन्न विश्वविद्यालयको उपकुलपति नियुक्तीको विवाद समाधानको बिन्दुमा पुगेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भागबण्डाको आधारमा उपकुलपतिको नियुक्तीबारे विवाद समाधानउन्मुख देखिएको हो ।

एक वर्ष अघिनै विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको पदावदी सकिएपनि दलिय भागबण्डा नमिल्दा नियुक्ती हुन सकेको थिएन् ।

अघिल्लो वर्षको असोजमा नै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरुको समयावधि सकिएको हो ।

सहमती अनुसार ६ मध्ये ४ विश्वविद्यायलमा नेकपा र २ वटामा कांग्रेसको सिफारिसमा उपकुलपति नियुक्ती हुने भएपछि विवाद रिक्त रहेका पदपूर्ति हुने भएको हो । जसअनुसार विभिन्न ३ विश्वविद्यालयको उपकुलपतिको नियुक्ती गरिएको हो ।

सरकारले संस्कृत विश्वविद्यालयमा यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डा पुण्य रेग्मी सत्तारुढ दल नेकपा निकट रहेकाहरुलाई नियुक्त गर्न लागिएको हो । भने पोखरा विश्वविद्यायलमा कांग्रेस निकट रहेका प्रा डा प्रेमनारायण अर्याल उपकुलपति नियुक्त गरिने भएको हो ।

विश्वविद्यालयमा पदाधिकारी नहुँदा नियमित कामकाज, बजेट, पठनपाठन, परीक्षालगायतका शैक्षिक कार्यक्रम चौपट बनेको भन्दै उपकुलपति नियुक्तीको मागसहित विभिन्न विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए ।

उपकुलपति नियुक्त हुन नसक्दा शैक्षिक क्षेत्रमा असर परेको भन्दै शिक्षा मन्त्रालयले गत कार्तिकमा नै उपकुलपति नियुक्तीका लागि आवेदन मागेको थियो । तर राजनीतिक भागबण्डा मिल्न नसकेपछि उपकुलपति नियुक्तीमा ढिलाई भएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?