बलिउडमा हंगामा : अभिनेत्री दीपिका, सारा र रकुलको मोबाइल एनसीबीले लियो !

काठमाडौं । शनिवार एनसीबीले बलिउड ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपू र सारा अली खानसँग सोधपुछ गरेको थियो ।

जसमा उनीहरुले सिधा उत्तर नदिएपछि एनसीबीले दीपिका, सारा, रकुल, कश्मिा, सिमोन खम्बाटा र जया साहको मोबाइल फोन जफत गरेको छ ।

एनसीबीले उनीहरुको बयान झुटो रहेको बताउँदै उनीहरुको मोबाइल लिएको हो ।

अब उनीहरुको मोबाइलबाट च्याट हेरिनेछ र नयाँ अनुसन्धान हुने बताइएको छ । साथै उनीहरुसँग सन् २०१७ र २०१८ मा प्रयोग भएको मोबाइल फोन मागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?