पाल्पा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ । पाल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पिसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो । उनले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताए । उनले कोरोना परीक्षण गर्न पिसीआर मेशिन आएको र पूर्वाधारसमेत तयार भइसकेको बताए । उनले दुई-तीन दिनमा विद्युत् जडान गरी परीक्षणको कार्य शुरुआत गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष नारायण आचार्यले कोभिड–१९ जाँच गर्न सक्षम र प्रशस्त प्राविधिक रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले प्रयोगशाला निर्माणका लागि अस्पतालका अध्यक्षको काम प्रशंसनीय रहेको बताए ।

पाल्पाका कोरोना सङ्क्रमितहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । तानसेनमा सञ्चालन हुने प्रयोगशालाले कोरोना परीक्षण गर्न सहज हुने अस्पतालले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?