अब कुकुरको अन्तिम संस्कार गर्न सकिने, पण्डित पनि उपलब्ध हुने !

काठमाडौं । भारतको राजधानीमा अब कुकुरको पनि अन्तिम संस्कार गर्न सकिने भएको छ ।

भारतले यस प्रकारको पहिलो शवदाह बनाउन लागेको हो । त्यहाँ अब कुकुरको पनि पण्डित सहित अन्तिम संस्कार गर्न सकिने भइएको हो ।

दिल्लीमा शव गाड्नको लागि ठाउँको अभाव भएको भन्दै यसो गर्न लागिएको बताइएको छ ।केहि मानिसहरु कुकुरलाई आफ्नो परिवारको सदस्य मान्ने भएकोले उनीहरुका लागि यो व्यवस्था गर्न लागिएको हो ।

कुकुरको शवदाहगृहमा अन्तिम संस्कारको लागि पण्डितहरुको पनि व्यवस्था रहने बताइएको छ ।साथै अन्तिम संस्कार पूरा व्यवस्थाका साथ गरिने नियम बनाइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?