घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रवारको तुलनामा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रवार प्रतितोला छापावाल सुनको मूल्य ९३ हजार ९ सय रहेको थियो ।

आज तोलामा ६ सयले कमि आइ प्रतितोेला छापावाल सुन ९३ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको ९२ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले कमि आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ११ सय ६० रहेकोमा आज ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?