प्रिमियर लिग फुटबल : युनाइटेडको जितमा ब्राइटन स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित हात पारेको हो ।

खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । युनाइटेडका निमान्जा माटिचले पेनाल्टी बक्समा आरोनलाई फउल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो ।

तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

त्यसअघि ५३ औं मिनेटमा राष्फोर्डले गरेको गोलले भने मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए ।

Image

तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए । जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ ।

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?