रामोसको गोलमा रियल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को जित हात पारेको हो ।

स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित निकालेको हो । भाल्भर्डेको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो । मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए । लिटी डी सुजा जुनियरको आत्मघाति गोलसँगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो ।

खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो । रियलले रियल भालाडोलिडसँग सिजनको खेलमा गोल रहित बराबरी खेलेको थियो ।

Real Madrid Complete Comeback To Defeat Real Betis In La Liga

रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?