काठमाडौं । बलिउडमा अहिले ड्रग्स कनेक्शनले माहोल तातेको छ ।
बलिउडका चर्चित कलाकारहरु यस केसमा जोडिएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, दीया मिर्जा र रकुल प्रीत सिंहसहित बलिउडका चर्चित कलाकारको नाम यसमा जोडिएको छ ।
यसैबीच बलिउड कलाकारको लागु औषध सम्बन्धी ग्रुप च्याट बाहिरिएपछि ह्वाट्सएपले आफ्नो प्लेटफर्ममार्फत पठाइने म्यासेज इन्क्रिप्टेड हुने र पठाउने तथा पाउने बाहेक अन्य व्यक्तिले हेर्न नपाउने स्पष्ट पारेको छ ।
च्याट लिक भएपछि उक्त विषयमा बोल्दै आशंकालाई सम्बोधन गर्दे कम्पनीको तर्फबाट यस्तो स्पष्टोक्ती आएको हो ।
ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो च्याटमा समेत कसैको निगरानी भएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तिनै चिन्ताहरुलाई सम्बोधन गर्दै ह्वाट्सएपका प्रवक्ताले भनेका छन्, ‘कम्पनीले तपाईका म्यासेज सुरक्षित रुपमा राख्छ र ती इन्क्रिप्टेड रुपमा हुन्छन् ।
ता कि तपाई र पठाइएको व्यक्तिले मात्रै ती म्यासेज पढ्न सक्छन् । ह्वाट्सएप कम्पनीले वा अरु कसैले पनि ती म्यासेज पढ्न सक्दैनन् । ‘मानिसहरु केवल फोन नम्बरको प्रयोग गरेर मात्रै ह्वाट्सएप प्रयोग गर्न सक्ने भन्दै उनले फेसबुकको स्वामित्वमा रहेको कम्पनीको पहुँच त्यसमा नहुने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया