काठमाडौं – सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा वि सं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि ९ तलामा सिमीत भयो । धरहरा नै छेक्नेहरु संरचना बनिसक्दा पनि यसको महिमा थोरैपनि घटेन । तर गत २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ध्वस्त भएको धरहरा यतिबेला पूनर्निर्माण हुँदैछ । यसैबीच काठमाडौंको सुन्धारामा निर्माणाधिन धरहराको १५ औं तलाको ढलान सम्पन्न भएको छ । धरहरा अब २२ तलाको बन्नेछ ।
नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणको काम ४२ दशमलव पाँच प्रतिशत सकिएको छ ।

धरहरा पुनर्निर्माणको लागि दैनिक १५० जना कामदार नियमित रूपमा निर्माणका लागि खटिएका थिए ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण सुरू गरेकोमा निर्माण सामग्री र कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा केहि पर धकेलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया