काठमाडौं – कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्येनजर गर्दै गत वर्ष चैत्र ११ गतेबाट बन्द भएको विद्यालय यस शैक्षिक सत्रको आधा समय सकिँदा पनि खुल्न सकेका छैनन् ।
यसैबीच कोरोनाको लामो कहरपछि काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ ।
जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् ।
शिक्षण सिकाई गराउँदा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेको विद्यालयको भनाई छ ।
बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा पनि त्यहाँका विभिन्न द्यिालयले गत असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेका थिए ।
नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया