कलकतासँग हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । शनिवार शेख जायद स्टेडियममा भएको आईपीएल म्याचमा कलकता नाइटराइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ ।

निर्धारित ३० ओभरको खेलमा ४ विकेट गुमाएर हैदराबादले जम्मा १४२ रन बनाएको थियो ।

जसमा १४३ रनको विजयी लक्ष्य पाएको कलकताले शुभमन गिलको उत्कृष्ट ब्याटिङमा ७ विकेटले पराजित गरेको हो । कलकताको लागि यो सीजनकै पहिलो जित हो भने हैदराबादको लगातार दोश्रो हार हो ।

शुभमन गिलले नट आउट ७० र मोर्गनले नट आउट ४२ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?