कोरोना कहर : भारतमा शनिवार एकैपटक यति धेरैको मृत्यु, संक्रमित पनि बढे

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ९८ हजार ६७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख ५२ हजार ८४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४४ लाख ४ हजार ५६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म भारतमा ९४ हजार ५३४ जनाको मृत्यु भएको छ भने ५९ लाख ९० हजार ५८१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४९ लाख ३८ हजार ६८८ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ५७ हजार ३५९ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा शनिवार ८९ हजार १० जना संक्रमित थपिएका छन् भने १ हजार १२४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?