६ माघ २०७८, बिहीवार

NULL

२०७४,आश्विन,१०,मंगलवार ०२:१२

0
Shares

काठमाडौँ, १० असोज -सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ ।सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो । प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ, नयाँ पत्रिकामा खबर छ ।

पारिश्रमिक : मासिक ६४ हजार अतिथि सत्कार भत्ता : मासिक ४० हजारनिजी चिकित्सक : एकजना सचिवालय : १२ सदस्यीय पोसाक भत्ता : वार्षिक १८ हजारअन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०२:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०