आजबाट भारत र जापानी नौसेनाले शुरु गरे ‘जीमेक्स’ अभ्यास !

काठमाडौं । अस्ट्रेलियाली नौसेनाको साथमा हिन्द महासागरमा संयुक्त अभ्यास गरेको एक दिन पछि भारतीय नौसेना र जापानी नौसेनाले आजबाट संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।

शनिवार भारतीय नौसेना र जापानी नौसेनाले उत्तरी अरब सागरमा तीन दिनको सैन्य अभ्यास शुरु गरेका हुन् ।

दुबै देशले ९ सेप्टेम्बरमा नौसैनिक लोलिस्टिक सपोर्टका लागि एक अर्कासँग बन्दरगाहको प्रयोगको ऐतिहाँसिक सम्झौता गरेपछि यो पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?