अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने प्रतिवद्धता

लोकपथ संवाददाता
0
Shares
CANBERRA, AUSTRALIA – FEBRUARY 12: Prime Minister Scott Morrison holds a press converence after the passing of the Medivac Bill in the House of Representatives on February 12, 2019 in Canberra, Australia. It is the first parliamentary sitting day for 2019. This is the first government since 1929 to lose a substantive vote on the floor of the House. (Photo by Tracey Nearmy/Getty Images)

क्यानवेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिवार गरेका छन् ।

संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ ।

प्रभानमन्त्री मोरिसनले भने, “जसले खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो ।”

“अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नुपर्नेछ,” उनले थपे।

सबैभन्दा बढी प्रभावित भिक्टोरियाका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ । शनिवार दिउँसोसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट संक्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको संख्या १७ रहेको छ ।

महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ । यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु संख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९।८ प्रतिशत व्यक्तिको मृत्यु भएपछि भिक्टोरिया राज्यका स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा शनिवार राजिनामाको घोषणा गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?