पाकिस्तानका लागि पूर्वराजदूत राजभण्डारीको निधन

काठमााडौं । पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रवार राति निधन भएको हो ।

उनले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गरेका थिए । उनले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को प्रवक्ताका रुपमा पनि काम गरेका थिए।

राजदूत राजभण्डारीले संयुक्त राष्ट्र सङ्घको विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले केही समय द राइजिङ नेपालमा अङ्ग्रेजी दैनिकमा पनि काम गरेका थिए । उनले गोरखा दक्षिणबाहुलगायत थुप्रै पदक पाएका थिए । उनका श्रीमती र चार सन्तान छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?