२०७७, १० आश्विन शनिबार २२:००

चीनले जित्यो रेस : अब आम मानिसले कोरोनाविरुद्धको भ्याक्सीन लगाउन सक्ने, डब्ल्यूएचओको समर्थन


प्रकाशित मिति : २०७७, १० आश्विन शनिबार २२:००

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् ।

यसैबीच चीले सबैका लागि कोरोनाविरुद्धको भ्याक्सीन दिने चीनको निर्णयमाथि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार चीनका स्वास्थ्य अधिकारीले यो जानकारी दिएका हुन् । जुलाई देखि नै चीन आम मानिसका लागि खोप दिइरहेको छ । तर कोहि पनि एक्सपर्टले यसको आलोचना गरेका छैनन् ।

चीनले जुलाईमै कोरोना भ्याक्सीन इमर्जेन्सी उपयोगको लागि स्विकृति दिएको थियो ।

चीनको नेशनल हेल्थ कमीशनका अधिकारी झेंग झोंगवेईका अनुसार जूनमा नै विश्व स्वास्थ्य संगठनलाई आफ्नो भ्याक्सीनको बारेमा जानकारी गराएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस