काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् । यसैबीच अमेरिकी वैज्ञानिकले कोरोना र भाषाको बीचको कनेक्शन खोजेका छन् ।
यसको रिसर्चमा भनिएको छ, जो अमेरिकन अंग्रेजी भाषा बोल्दैनन् उनीहरुलाई कोरोनाको खतरा धेरै हुने गरेको छ ।अमेरिकाका यस्ता मानिसहरु जसको पहिलो भाषा स्पेनिश वा कम्बोडियन छ उनीहरुमा कोरोना संक्रमणको खतरा ५ गुणा बढी भएको अध्ययनले बताएको छ ।
यो दाबी युनिभर्सिटी अफ वाशिंगटन स्कूल अफ मेडिसिनले आफ्नो रिसर्चमा गरेको हो । रिसर्चका लागि ३०० मोबाइल क्लिनीक र ३ हस्पिटलमा आएका कोरोना संक्रमितको परीक्षणको आँकडामा अनुसन्धान गरिएको थियो ।
३१ हजार संक्रमितमा २९ फेब्रुअरीदेखि ३१ मे २०२० को बीचमा भएको रिसर्चमा १८.६ प्रतिशत गैर अंग्रेजी भाषा थिए । जब मात्र ४ प्रतिशत अंग्रेजी बोल्ने वाला अमेरिकन थिए ।
कम्बोडियन पहिलो भाषा भएका संक्रमितहरुको संख्या २६.९ थियो भने स्पेनिस र एम्फ्रेरिक बोल्ने २५.१ प्रतिशत थिए ।
अंग्रेजी बोल्नेमा मात्र ५.६प्रतिशत अमेरिकन संक्रमित भएका थिए भने त्यो बाहेक अन्य भाषा बोल्नेमा ४ं७ प्रतिशत संक्रमित थिए ।
चिनियाँ भाषा बोल्नेमा २.६ अरबीक र साउथ कोरिया बोल्ने भाषा २.८ प्रतिशत र अन्य ३.७ प्रतिशत मानिस संक्रमित भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया