काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् ।
यसैबीच अमेरिकाको फार्मास्यूटिकल कम्पनी जोनसन एण्ड जोनसनले कोरोना भ्याक्सीन डेभलप गरिरहेको छ ।अहिले यसको ट्रायल चलिरहेको छ ।
एक रिपोर्टका अनुसार यसको सिंगल डोजको नतिजा एकदमै राम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले बताएका छन् ।
साथै यसको इम्यून सिस्टम मजबुत रहेको बताइएको छ । यो अमेरिकामा तयार भएको चौथो कोरोना भ्याक्सीन हो । जसको क्लिनीकल ट्रायल भईरहेको छ ।
यो भ्याक्सीन ३ नोभेम्बरको अमेरिकी राष्ट्रपति चुनाव भन्दा पहिला आईसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया