झापा । प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् ।
मेचीनगरबाट प्रकाशित चौतारी पोष्टका सम्पादक शर्मालाई ११ हजार १११ रुपैयाँ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई पाँच हजार ५५५ रुपैयाँ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया