राँझा । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आएका थिए ।
आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया