१५ आश्विन २०७९, शनिवार

प्रदेश प्रमुखको तलब सुविधा कति ? (सूची)

२०७४,आश्विन,१०,मंगलवार ००:११

0
Shares

काठमाडौँ, १० असोज -सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ ।४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो । प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ ।

पारिश्रमिक : मासिक ६४ हजार ,अतिथि सत्कार भत्ता : मासिक ४० हजारनिजी चिकित्सक : एकजना सचिवालय : १२ सदस्यीय पोसाक भत्ता : वार्षिक १८ हजारअन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ००:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राजनीति र समाजलाई ठिक र रुपान्तरणकारी दिशामा ल्याउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ

ताजा समाचार