पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै हालसम्म कुल ५३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका हुन् । यो कुल संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।

त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनासहित देशभर ४११ महिला र ७९६० जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ५०८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ८३३ जना छन् । तिमध्ये २२४ जना संक्रमितको आईसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३३१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४६७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् ।

हिजो (शुक्रवार) नेपालमा १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४५५ जना संक्रमणमुक्त भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?