हेर्नुहोस् असोज ११ देखी असोज १७ गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने वित्तिय क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ । बिहीवारबाट समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । तर पनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी दैनिक उपभोग्य सामान,पानि तथा औषधिसँग सम्बन्धीत व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

सोमवार दिउँसोबाट बुधवार साँझसम्मको समय मध्यम रहेकोले मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसीक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । तरपनि बैंक तथा वित्तिय क्षेत्र,चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय राम्रो रहेकोले अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धीत व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । गीत संगीत क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ ।

महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । सञ्चार जगत,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चेञ्ज,चार्टर एकाउन्टेण्ट,व्यापार,हास्य ब्याङ्ग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि साताको अझ समय शुभ रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बुधवार साँझसम्मको समय मध्ययम रहेकोले व्यापार व्यवसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्बन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

बुधबार साझबाट बैंक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पानीसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर,पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । सोमवार दिउँसोबाट शुक्रवारसम्मको समय मध्यम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् ।

खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्यम रहेको छ । तर पनि सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यवस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च,अध्यात्म, ज्योतिष, प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको शुरु र अन्तयको समय राम्रो रहेकोले प्रयन्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । सोमवार दिउँसोबाट बुधवार साँझसम्मको समय मध्यम रहेकोले मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपर्युक्त हुनेछ किनकी फैसला तपाईको पक्षमा हुनेछैन ।

खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ । तरपनि व्यापार व्यवसाय,वाणिज्य,लेखन,कलासाहित्य तथा सबैखाले प्राविधिक पेशा व्यावसाय ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय राम्रो रहेकोले भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ती प्राप्त हुनेहुदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तब्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ ।

आफन्त तथा सन्तानले प्रगति गरी तपाईलाई सम्झनेछन् । शत्रु तथा प्रतिस्पर्धी हरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धी हासिल गर्न सकिनेछ । मामा तथा मावली पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । कूटनीति, परराष्ट्र,राजनीति,राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्ने समय रहेको छ । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलविज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा यो साता शुभ रहको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजबुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश वृद्धिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

छोटो दुरिको यात्राको योग रहेको छ भने दाजुभाईबाट तपाईको काममा सहयोग हुनेछ । सोमबार दिउसोबाट बुधवारसाझसम्मको समय मध्यम रहेकोले पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । कवि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।

छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशीलो काम गर्ने आट आउनेछ । बिहीवार र शुक्रवारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । स्थाई सम्पत्तीमा विवाद आउनेछ । तर पनि प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि साता राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर जानेछन् । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ ।

चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवारका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्दै साता व्यातित गर्न सकिनेछ । लामो समय देखि रोकिएर बसेका चलचित्र तथा कलाकृतिसँग सम्बन्धीत कामहरु हुनेछन् । न्याधिस, ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साता राम्रो रहेकोले सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह,भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लाग्नेहरुका लागि साता उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । सोमवार दिउँसोबाट बुधवार साँझसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् ।

राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा काम गर्ने व्यक्तिहरु सफल मानिन्छन् । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हाँस्य विधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?