हेर्नुहोस् २०७७ साल असोज ११ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन ११ गते । आईतवार । इ.स. २०२० सेप्टेम्बर २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन शुक्लपक्ष । तिथी–एकादशी,२१ बजेर २९ मिनेट उप्रान्त द्वादशी ।

नक्षत्र–श्रवण,२३ बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा । योग–सुकर्मा,२२ बजेर ५९ मिनेट उप्रान्त धृति । करण–वणिज,०९ बजेर ३३ मिनेट उप्रान्त भद्रा,२१ बजेर २९ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा, सूर्यास्त १७ बजेर ५२ मिनेटमा । दिनमान ३० घडी ५४ पला । पद्मिनी एकादशी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । अग्रज तथा आफन्तको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नसोचेको धन तथा सम्पत्ती हात लागी हुने योग रहेको छ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाई लेखाईकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दीर तथा धार्मिक सस्थानको यात्रा गरी धर्म कमाउन सकिनेछ । दिन दुखिको सेवामा समय खर्च हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानि गर्ने अवसर जुर्नेछ । व्यवसायकै सवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

उपहार तथा भौतिक सम्पत्ती हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

वौद्धिक व्यक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

चुनौतिका बावजुत पनि राजनीति तथा समाजसेवामा काम गर्नेहरुका लागि राम्रा काम गरेर देखाउन सकिनेछ । विशेष तथा गोप्य योजनाहरु केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तीक विषयमा राय बाजिनेछ । घर जग्गा तथा सवारी साधनको कारोवार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मीठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यवसाय फस्टाएर जानेछ । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुँनेछ भने भौतिक सम्पत्ती तथा धातु संग्रह गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुन: सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नि बीच विश्वास बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो दुरिको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?