बैतडीका एक जनामा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीमा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतको बैङ्लोरबाट घर फर्किएका उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा मृत भेटिएका थिए । मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?