काठमाडौं । कोरोना संक्रमणको कारण थप एक सैनिक जवानको मृत्यु भएको छ ।
उनको शुक्रवार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत रहेका थिए । यस अघि एक सैनिक जवानको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
उनलाई गत असोज ६ गते एक्कासी छारेरोग देखिएपछि आइसियूमा राखी उपचार भइरहेको थियो । भने कोरोना संक्रमणको आशंकामा गत असोज ८ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यस्तै हालसम्म कुल २ हजार १ सय ९७ नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ५३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने हाल १ हजार ६ सय ५६ सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया