आईपीएलमा आज : पहिलो जितको खोजीमा कलकता र सनराइजर्स हैदराबाद !

काठमाडौं । आईपीएलको १३ औँ सीजनको आठौँ म्याचमा शनिवार कलकता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पद्र्धा हुँदैछ ।

यूएईको आबुधाबीस्थित शेख जायद स्टेडियममा खेल बेलुकी नेपाली समयानुसार ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ । यी दुबै देशले पहिलो म्याच हारीसकेका छन् ।

कलकताले यो सीजनको पहिलो म्याच मुम्बईसँग् खेलेको थियो । यसमा ४९ रनले कलकता हारेको थियो । कलकताले २०१३ पछि पहिलो पटक शुरुवाती म्याचमा पराजित बनेको हो ।

साथै सनराइजर्स हैदराबादले भने रोयल च्यालेन्जर्स ब्यांगलोरसँगको खेलमा १० रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?