बलिउडमा तरङ्ग : ‘माल छ र ?’ की एडमिन अभिनेत्री दीपिका पादूकोण रहेको खुलासा !

काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेत्री दीपिका पादूकोणलाई लिएर नयाँ खुलासा भएको छ ।

सन् २०१७ मा जुन ह्वाट्सएप ग्रुपमा दीपिकाले हैश (हशीश) र माल छ र ? लेखेकी थिइन्, त्यसै ग्रुपकी उनी एडमिन रहेको पत्ता लागेको छ ।

साथै उनी बाहेक दीपिकाकी म्यानेजर करिश्मा प्रकाश र रिया चक्रवर्तीकी म्यानेजर जया साहपनि यसका एडमीन रहेको खुलेको हो ।

केहि महिना अगाडि मात्रै यो ग्रुप डिलिट गरिएको थियो ।

यसमा बलिउडका ठूला कलाकार समेत जोडिएका थिए । आज ड्रग्स कनेक्शनको विषयलाई लिएर नै दीपिका, श्रद्धा कपूर र सारा अली खानसँग एनसीबीले सोधपुछ गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?