खेल हारे पनि चेन्नईका यी तीन खेलाडीले बनाए कीर्तिमान !

काठमाडौं । आईपीएलको यो सीजनमा पहिलो खेलमा जित र त्यसपछिका लगातार दुई खेलमा पराजित बनेको चेन्नई सुपरकिंग्सका तीन खेलाडीले शुक्रवार दिल्लीसँग भएको खेलमा नयाँ कीर्तिमान बनाएका छन् ।

आईपीएलको यो सीजनमा महेन्द्र सिंहको चेन्नई सुपरकिंग्स राजस्थानर र दिल्लीसँग पराजित भएको हो । आईपीएलमा धोनीको यो १९३ औँ म्याच हो ।

महेंद्र सिंह धोनी

योसँगै धोनीले आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने सुरेश रैनासँग बराबर गरेका छन् । चेन्नईका लागि भने यो धोनीको १६३ औँ म्याच हो । उनले कप्तानको रुपमा आईपीएलमा १०० औँ म्याच जितेका छन् ।

चेन्नई सुपरकिंग्सका ब्याट्सम्यान फाफ डूप्लेसिसले आईपीएलमा २ हजार रन पूरा गरेका छन् । उनी यो टि २० लीगमा २ हजार रन बनाउने चारौँ दक्षिण अफ्रिकी खेलाडी बनेका छन् ।

फाफ डू प्लेसी

यसका साथै उनी सबैभन्दा चाँडो २ हजार रन बनाउने चौथो विदेशी खेलाडी बनेका छन् ।

त्यस्तै शेन वाट्सनले चेन्नईबाट १ हजार रन पूरा गरेका छन् । दिल्लीविरुद्धको खेलमा उनले यो उपलब्धी हात पारेका हुन् ।

खून से लथपथ शेन वॉटसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?