क्यानडा र बेलायतमा कोरोनाको दोश्रो लहर, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

कोरोना विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच क्यानडाका प्रधानमन्त्ती जस्टिन टुडोले देशमा कोरोनाको दोश्रो लहर आएको बताएका छन् । बुधवार एकैपटक १ हजार ३०० केस देखिएपछि उनले यस्तो बताएका हुन् ।

अहिले क्यानडामा ९ हजार २५५ जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ४५६ जनालाई संक्रमण भएको छ । त्यस्तै दोश्रो तर्फ बेलायतमा पनि पछिल्लो २४ घण्टामा ६ हजार ६३४ नयाँ केस देखिएका छन् ।

जो बेलायतमा एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । बेलायतमा अहिलेसम्म ४१ हजार ९३६ जनाको मृत्यु भएको छ भने ४ लाख २३ हजार २३६ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?