कोरोनाको प्रकोप : मेक्सिकोमा ७५ हजार नाघे मृतक, संक्रमित बढ्दै

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

कोरोना विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच मेक्सिकोमा कोरोना भाइरसका कारण अहिलेसम्म ७५ हजार ८४४ जनाको मृत्यु भएको छ भने ७ लाख २० हजार ८५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख १८ हजार २०४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख २६ हजार ८१० जना उपचाररत छन् ।

त्यस्तै २ हजार ६९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ४०५ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४०१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?