भुटानमा थप २ जनामा कोरोना पुष्टि

शुक्रबार भुटानमा २ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भुटानमा कोरोना संक्रमितको संख्या २६३ पुगेको छ भने तीमध्ये १९८ निको भइरहेका छन् । हालसम्म भुटानमा कोरोनाबाट कसैको ज्यान गएको छैन ।

यसैगरी शुक्रबार रातिसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड २५ लाख २१ हजार नाघेको छ । यस्तै मृतकको संख्या ९ लाख ८९ हजार ४०० नाघेको वर्ल्डोमिटर्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?