बेरोजगारलाई भत्ता दिन ११ दलको माग

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहितका साना ११ राजनीतिक दलले बेरोजगारहरुलाई बेरोजगारी भत्ता दिन माग गरेको छ । यस्तै मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुुष्ठ व्यवस्था गर्न पनि ११ दलले सरकारसँग माग गरेको छ ।

११ दलको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन, कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गर्नलगायतका माग गरिएको छ ।
यस्तै भोक्भोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको तर खानपिन लगायत अन्य सहयोग गर्ने स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?