इजिप्टमा फेला परे २५ सय वर्ष पहिला गाडिएका २७ वटा शव पेटिका (हेर्नुहोस् फोटोमा)!

इजिप्टमा कम्तीमा २,५०० वर्षअघि गाडिएका २७ वटा शवपेटिकाहरू एउटा प्राचीन समाधिस्थलमा फेला परेका छन्।

शवपेटिकाहरू सुरक्षित देखिन्छन्

काठबाट निर्मित ती शवपेटिकाहरू राजधानी कायरोको दक्षिणतिर अवस्थित पवित्र स्थल साक्कारामा पुरातत्त्वविद्हरूले एउटा गहिरो खाल्डोबाट उत्खनन गरेर निकालेका हुन्।

११ मिटर गहिरो खाल्डोमा छिर्न कामदारहरूलाई निकै गाह्रो भएको थियो

त्यहाँ तेह्रवटा पेटिका केही साताअघि फेला परेका थिए भने अहिले थप १४ वटा भेटिएको अधिकारीहरूले बताए।

यी शवपेटिकाहरू अहिलेसम्म नखोलिएको विज्ञहरूले बताएका छन्

यो यस किसिमको सबैभन्दा ठूलो उपलब्धि भएको विज्ञहरूको भनाइ छ।

शवपेटिका

सार्वजनिक गरिएका तस्बिरमा साना वस्तु र काठका रङ्गीन शवपेटिकाहरू देख्न सकिन्छ।

उक्त स्थानमा साना वस्तुहरू पनि फेला परेका छन्

साक्कारा ३,००० वर्षभन्दा लामो समय समाधिस्थलका रुपमा रहेको थियो। अहिले त्यसलाई यूनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?